१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘गाउँ आएको बाटो’ गोटेबर्ग फिल्म फेस्टिभलमा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:४९:oo

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ स्वीडेनको गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ। जनवरी २६ देखि फेब्रुअरी ४ सम्म आयोजना हुने  फेस्टिभलको भोएज क्याटेगोरीअन्तर्गत चलचित्र छनोट भएको हो।

टोरन्टो, बुसान र मुम्बईजस्ता प्रतिष्ठित फेस्टिभलपछि यो चलचित्र युरोप प्रिमियर हुन लागेको हो। यो फेस्टिभल स्केन्डेभियन क्षेत्रको सबैभन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण फेस्टिभल मानिन्छ। 

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतका कलाकारकाे अभिनय छ।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतार–चढावलाई चित्रण गर्छ। यो चलचित्र जेठ १८ बाट सार्वजनिक प्रदर्शनमा आउँदै छ। 

ad
ad