१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष २६ बिहीबार १०:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सन्दीप लामिछाने निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष २६ बिहीबार १०:५८:००

अदालतबाट बलात्कारी ठहरिएका सन्दीप लामिछानेलाई  नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट तीन लाख जरिवानासहित पीडितलाई पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गर्दै उनलाई निलम्बन गरेको जनाएको छ । 

जिल्ला अदालत काठमाडौंले ०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै उनलाई १३ पुसमै दोषी ठहर गरेकोमा बुधबार सजाय सुनाएको हो ।