१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
विवेक पोख्रेल काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

४० हजारभन्दा बढी दूध किसानको २२ करोड बक्यौता : किसानले गरे आन्दोलन घोषणा

Read Time : > 1 मिनेट
विवेक पोख्रेल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२६:oo

दूध बिक्री गरेबापत पाउनुपर्ने भुक्तानी २८ पुुससम्म नपाए आन्दालन गर्ने चितवनका किसानहरूले घोषणा गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पाँचबुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । किसानहरूले दूध बिक्रीको बक्यौता नपाएको, दूधको बजारीकरण सहज नभएको, किसानले पाउनुपर्ने सहुलियत ऋण नपाएको, बागमती प्रदेश सरकारबाट दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान चितवनका सबै किसानले नपाएको र पशु बिमाको समस्या सहजीकरण माग गर्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड भुक्तानी पाएका छैनन् । उनले भने ‘चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्ला बाहिरी खपत हुँदै आएको छ । पैसा माग्दा दूध खरिद गर्ने उद्योगहरूले दूध किन्न मान्दैनन् । उधारोमा कहिलेसम्म दूध बिक्री गर्ने ?’ चितवनका केही दूध सहकारीहरूले साउनदेखिकै भुक्तानि पाएका छैनन् । किसानले स्थानीय सहकारीमा दूध बिक्री गर्ने गर्छन् । 

सहकारीले विभिन्न उद्योगलाई दूध बिक्री गर्छ । यसअघि उद्योगले प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए । तर, उद्योगले पैसा नदिएपछि सहकारीहरूले किसानलाई पैसाको साटो घिउ, बटर दिन बाध्य भएको संघका सचिव कल्याण अधिकारीले बताए । उनका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)सहित देशभरिका प्रायः निजी डेरी उद्योगले चितवनबाट दूध खरिद गर्छन् । दूध बेचेको पैसा लामो समयदेखि नपाउँदा साना किसानको जीविकोपार्जनमा धेरै समस्या भएको छ । ठूला किसानलाई पनि बैंकको ब्याज तिर्न ताकेता गरिरहेका छन् । गाईभैँसीको दाना–चोकर खुवाउने पैसाको अभाव हुन थालेको किसानहरूको गुनासो छ । 

 के–के छन् आन्दोलन ?
 २८ पुससम्म माग पूरा नगरे २९ गते दुग्ध किसानले प्रदर्शन गर्ने, १ माघमा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र चितवनमा ताल्चा लगाउने र २ गते कृषि तथा पशुपक्षीमन्त्रीको पुत्ला दहन गर्ने सचिव अधिकारीले बताए । उनका अनुसार जिल्ला संघले प्रदेश र केन्द्रको मन्त्रालयमा पटक–पटक भेट्दा र ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले आन्दोलनको घोषण गर्नुपरेको हो । 

ad
ad