गाँजा मिसाएको केक र कुकिज बेच्ने थप दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले मोहम्मद फाजिल र शालोम सादा लेप्चा जैसीलाई पक्राउ गरेको हो।
उनीहरूले स्विट बेगरी नामक पेज सामाजिक सञ्जालमा चलाई गाँजा मिसाएको केक र कुकिज बेच्दै आएका थिए। उनीहरूको डेराबाट गाँजा तथा गाँजा मिसाएको केक प्रहरीले बरामद गरेको छ।