धादिङमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकबीच बाघचाल, गट्टा र डन्डिबियो प्रतियोगिता गरिएको छ । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगद्वारा सांस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुदको आयोजना गरिएको हो ।
गट्टा खेल प्रतियोगितातर्फ तारादेवी लम्साल प्रथम, फुलौरी श्रेष्ठ द्वितीय, कमलादेवी लम्साल तृतीय र जुनकिरी श्रेष्ठ सान्त्वना भएकी छिन् । बाघचाल खेलतर्फ राम्जी लम्साल प्रथम, गेरुनाथ लम्साल द्वितीय, कृष्णबहादुर दुवाडी तृतीय र चन्द्रबहादुर भट्टराई सान्त्वना भएका छन् ।
डन्डिबियो खेलतर्फ पाँच–पाँचजनाको दुई टिमबीच पाँच राउन्ड भएको खेलमा दुवलनारायण श्रेष्ठ, भोजराज सुवेदी, टंकप्रसाद खनाल, फत्तबहादुर लम्साल र ढुण्डनारायण श्रेष्ठको समूह प्रथम भएकाे छ । काले दमै, गोपालप्रसाद लम्साल, रुद्रबहादुर लम्साल, पूर्णबहादुर लम्साल र खड्गनारायण श्रेष्ठको समूह द्वितीय भएकाे छ ।
विजयी खेलाडीलाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए ।