१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस भरतपुर
२o८१ जेठ २ बुधबार १२:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

Read Time : > 1 मिनेट
रासस, भरतपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:२३:oo

चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्। झन्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको छ।

सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ। हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ।

एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ। गाडी चार्ज गर्न आएका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी व्यहोर्नुपरेको गुनासो गरे। उनले एसी चार्जरबाट चार्ज गर्दा घन्टाैँ कुर्नुपर्ने समस्या रहेको बताए। उनले २० मिनेटमा गाडी जम्मा ६ प्रतिशत चार्ज भएको बताए।

‘नबिग्रेको अवस्थामा झन्डै एक घन्टामा पूरै चार्ज हुन्थ्यो,’ उनले भने, ‘अहिले त दुई–तीन घन्टा कुर्नुपर्छ।’ उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे। उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताए।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए। उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक–दुई दिनमै आउने बताए।

‘भन्सारमा सामान आएको हप्ता दिन भयो,’ उनले भने, ‘सम्भवतः आज भन्सार छुटेर सामान काठमाडौं आइपुग्छ।’ उनले एक–दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२  चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका एक सय ५३ मध्ये २० मा समस्या देखिएको उनको भनाइ छ।

उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिए। चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको उनी बताउँछन्। अधिकारीले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताए। चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन्।

ad
ad