१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार २३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सानेपा फर्किए कोइराला, देउवासँग छलफल जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २३:o८:oo

कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला केन्द्रीय कार्यालय सानेपा फर्किएका छन् । अहिले उनी पार्टी सभापति शेरबहादुर देउवासँग छलफलमा छन् । 

सत्तागठबन्धन दलमा भएको सहमतिअनुसार राष्ट्रिय सभामा कांग्रेसले पाउने १० सिटमध्ये चार आफूहरू पाउनुपर्ने अडान इतर समूहको रहेको छ । देउवाले तीन मात्र दिने अडान राखेपछि केहीबेरअघि कोइराला सानेपाबाट हिँडेका थिए । 

कोइराला हिँडे पनि इतर समूहका नेताहरू सानेपामै छलफलमा थिए । कांग्रेसले कोशीबाट पूर्वमहामन्त्री कृष्ण सिटौलाको नाममा सहमति जुटाइसकेको छ । तर, बागमती, कर्णाली र खुला क्लष्टरमा संस्थापन र इतर समूहबीच सहमति जुट्न सकेको छैन । 

बागमतीमा संस्थापनबाट जीतजंग बस्नेत र इतरबाट केदारनरसिंह केसीको नाममा अडान छ । कर्णालीमा इतरले भूपेन्द्रजंग शाहीको नाममा अडान राखेको छ । देउवाले खुला क्लप्टरबाहेकका तीन सिट सकिने बताएका छन् । इतरबाट खुला क्लस्टरमा पनि अडान राखेको छ । 

ad
ad