१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. केसीसहित ९ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर र सिंहदरबार वृत्तबाट खटिएको टोलीले माइतीघरबाट पक्राउ गरेको हो।

डा. केसीसहितको टोलीले स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच, सशस्त्र द्वन्द्वपीडितलाई न्याय, निःशुल्क औषधि उपचारको व्यवस्था, माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र तोक्न नपाइनेलगायत माग राखेका थिए।

यसअघि मंसिर ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो। तर, सो ठाउँलाई निषेधित क्षेत्र तोक्न नहुनेसहितका विभिन्न माग राख्दै डा. केसीसहितको टोली प्रदर्शनमा उत्रिएको हो।