१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलले दियो सेयर किनबेचको जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:११:oo

कम्पनीको सेयर स्वामित्व बिक्री गरेर आजियाटा बाहिरिएको जानकारी एनसेलले उद्योग विभागलाई दिएको छ । आजियाटाले एनसेलमा रहेको आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर स्पक्ट्रलाइट युकेलाई बिक्री गरेको जानकारी दिएको विभागका महानिर्देशक बाबुराम गौतमले बताए । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार विदेशी लगानीबाट नेपालमा सिर्जित सम्पत्ति वा सेयरको स्वामित्वको संरचनामा परिवर्तन भएमा सम्बन्धित कम्पनीले कारोबार भएको ३० दिनभित्र अनुमति दिने निकायमा अभिलेखन गराउनुपर्छ ।

यही व्यवस्थाअनुसार अभिलेखन गराउने उद्देश्यले एनसेलले जानकारी गराएको गौतमको भनाइ छ । एनसेलले तीन दिनअघि विभागलाई सेयर किनबेचसम्बन्धी जानकारी गराएको गौतमको भनाइ छ । उच्च अदालत पाटनले सेयर खरिद–बिक्री दर्ता गर्ने सम्बन्धमा कम्पनी रजिस्ट्रारको कार्यालयलाई रोक लगाइसकेको छ । 

एनसेल सेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिको म्याद शुक्रबार सकिँदै छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगाल संयोजकत्वको उच्चस्तरीय समितिले हालसम्म निष्कर्ष निकाल्न नसकेको समितिका एक सदस्यले जानकारी दिए । 

ad
ad