१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मनहर्वा गोल्डकप हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:o५:oo

मधेश प्रदेशको जितपुर सिमरा उपमहानगरपालिकामा नौ वर्षपछि मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता १३ देखि २० माघसम्म सुरु हुने भएको छ । यसअघि गोल्डकप अन्तिमपटक ०७१ सालमा भएको थियो ।

माघको जाडो मौसममा हुन लागेको प्रतियोगिता दिउँसो राखेको आयोजकले जनाएको छ । चिसोका कारण हुस्सु लाग्ने हुँदा आयोजकले दिउँसोको समयलाई मुख्य प्राथमिकतामा राखेको हो । आयोजक मौवा देवी युवा क्लबका अनुसार प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

हरेक खेलको म्यान अफ दी म्याच, प्रतियोगिका उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

ad
ad