१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
सिराहाको मिर्चैया नगरपालिका– ११ सोनी गाउँको मुसहर बस्ती
२०८० पौष १८ बुधबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुसहर बस्तीको पाँच कट्ठा जग्गा हडप्न जालझेल

पीडितले गुहारे स्थानीय सरकार

Read Time : > 1 मिनेट
२०८० पौष १८ बुधबार ०६:०७:००

सिराहाको मिर्चैया नगरपालिका– ११ सोनी गाउँको मुसहर बस्ती उठाउन जमिनदारले जालझेल गर्न थालेपछि पीडितले स्थानीय सरकार गुहारेका छन् । स्थानीय घुर्मी खोला किनारको खाल्डो जग्गा आफूहरूले माटो भरेर तीन पुस्तादेखि बस्न थाले पनि जमिनदार सुबेलाल अरगरियाले रातारात घर बनाएर बसेको भन्दै सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पीडितले स्थानीय सरकार गुहारेका हुन् । 

सोनी गाउँको मुसहर बस्तीका पीडितलाई मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले भने–

मुसहर बस्ती कसैले हटाउन सक्दैन । तपाईंहरू आफ्नो थातथलो नछोड्नुस्, जनप्रतिनिधिहरू दलितहरूको बसोवासको अधिकारका लागि लड्छौँ ।

हरवा–चरवा अधिकार मञ्चका अगुवा, दलित अधिकारकर्मीसहित पीडितहरूले मिर्चैयाका मेयर श्रवणकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन् । मेयर यादवले मुसहर बस्ती कसैले हटाउन नसक्ने बताउँदै बस्तीको सुरक्षाका लागि नगर, वडा कार्यालय पीडितहरूको साथमा रहने प्रतिबद्धता जनाए । ‘तपाईंहरू आफ्नो थातथलो नछोड्नुस्, जनप्रतिनिधिहरू दलितहरूको बसोवासको अधिकारका लागि लड्छौँ,’ उनले भने । मिर्चैया नगरपालिका– ११ का वडाध्यक्ष सोनी गाउँका मुसहरहरूमाथि अन्याय भइरहेकाले आफू सुरुदेखि नै स्थानीय पीडितको साथमा रहेको बताए ।

सोनी गाउँको गाउँब्लक जग्गामा बस्दै आएका करिब ३२ घर मुसहर बस्ती गाउँको बीचमा परेपछि जग्गामा आँखा लगाउँदै आएका धनुषा जनकपुर बस्ने सुबेलाल अरगरियाले गाउँदेखि उत्तरपट्टि खेतीपाती नहुने घुर्मी खोला किनारको आफ्नो स्वामित्वको तीन कट्ठा ११ धुर पर्ती जग्गामा सारेका थिए । राष्ट्रिय मुसहर संघ सिराहाका अध्यक्षसमेत रहेका स्थानीय चन्द्रदेव सदायले भने, ‘करिब ३२ घरधुरी मुसहरको बसोवास रहेको गाउँब्लकको पाँच कट्ठा जग्गा हत्याउन खोला किनारको पर्तीमा बस्ती सारियो ।’

उनका अनुसार गाउँब्लकको जग्गाबाट सारिएका मुसहरले खोला किनारको पर्ती जग्गा आफ्नै बलबुतामा भरेर झुपडी ठड्याई बसोवास गर्दै आएका थिए । ‘स्थानीय सरकारले बस्तीमा बिजुली, सडकजस्ता भौतिक पूर्वाधारको विकास गरेपछि जग्गाको मूल्य बढ्यो र अहिले गाउँब्लकको जग्गाबाट बस्ती सारेका जमिनदारका नातिले उल्टै आफ्नो जमिनमा रातारात घर बनाएको भन्दै स्थानीय नौजनाविरुद्ध मुद्दा हालेका छन्,’ सदायले भने ।

जमिनदारले बेचे गाउँब्लकको जग्गा 
पूर्ववडासदस्यसमेत रहेका माझीका अनुसार गाउँब्लकको जग्गाको सट्टापट्टाअन्तर्गत अरगरियाको जग्गामा सरेर आएका मुसहरहरू जमिनदारको अगाडि बोल्न नसक्दा आजभोलि भन्दै जग्गा नामसारी भएको थिएन । ‘खोला किनारको जग्गामा बस्ती बसेसँगै बाटो, बिजुलीजस्ता आधारभूत सुविधा पुगेपछि जग्गाको मूल्य त बढ्यो,’ स्थानीय ७७ वर्षीय कुशवा सदायले भने, ‘गाउँब्लकको जग्गा पनि जमिनदारले अन्यलाई बेचेछन् । खोला किनारको बसोवासको जग्गा आफूहरूको नाममा रजिस्ट्रेसन गराउन भैँसी, खसी, बाख्रा बेचेर रकम बुझाए, तर नामसारी भएको थिएन ।’ स्थानीय ६४ वर्षीय मगनिया मुखियाले जग्गा दलालहरूको सेटिङमा जमिनदारले विपन्न दलितलाई दुःख दिने नियतले मुद्दा हालेको बताए । ‘हामी सानै छँदा मुसहर बस्ती थियो, प्रायः सबैजना जमिनदारकैमा काम गथ्र्यौँ । मुसहर बस्ती रहेको गाउँब्लकको जग्गा पनि जमिनदारले नै बेचेर खाए, अहिले गरिब दलितलाई दुःख दिइरहेका छन्,’ उनले भने ।