१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:o१:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मधुमेह नियन्त्रण गर्ने प्राकृतिक तरिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o१:oo

अस्वस्थ जीवनशैली र गलत खानपानका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ। यो दीर्घकालीन चिकित्सकीय अवस्था पनि हो। हामीले खाने प्रायः सबै खानेकुरा अन्तिममा ग्लुकोजमा टुक्रने गर्छ। ग्लुकोजले रगतमार्फत शरीरका सबै अंगहरूमा ऊर्जा प्रदान गर्छ । रगतबाट कोषिकाहरूमा ग्लुकोज अवशोषण गर्न मद्दत गर्ने हर्मोनलाई इन्सुलिन भनिन्छ ।

इन्सुलिनले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । मधुमेह हुँदा शरीरले इन्सुलिन उत्पादन गर्दैन वा इन्सुलिनलाई सही रूपमा प्रयोग गर्न सक्दैन । रगतमा ग्लुकोज जम्मा हुन्छ, जसले गर्दा रगतमा ग्लुकोजको मात्रा उच्च हुन्छ । सामान्यतः रगतमा ग्लुकोजको स्तर अनियमित रूपमा (दिनको कुनै पनि समयमा) १४० एमजीभन्दा बढी हुनु मधुमेहको संकेत हो ।

जोखिम 
मधुमेहले शरीरभरका रक्तनलीलाई क्षति पुर्‍याउन सक्छ । यसले सुन्निने, हात वा खुट्टामा झमझमाउने, चोटपटक महसुस गर्न गाह्रो हुने बनाउँछ । मधुमेहले घाउ निको हुनसमेत गाह्रो बनाउँछ । खुट्टामा फंगसले पनि संक्रमण निम्त्याउन सक्छ ।आँखाका रक्तनलीलाई क्षति पुर्‍याई क्रमशः दृष्टि गुम्ने वा अन्धोपन हुन सक्ने अवस्थासमेत आउँछ । यदि दृष्टि धमिलो भयो भने, खानामा चिनीको स्तर कम राख्नाले आँखालाई केही राहत पुर्‍याउँछ । मधुमेहले गिजाको संक्रमणलाई झन् बिगार्छ । साथै, मधुमेहको कारणले मिर्गौला फेल, हृदय र रक्तनलीसम्बन्धी रोग– हृदयाघात र स्ट्रोकसमेत हुन सक्ने जोखिम हुन्छ । 

 मधुमेहका कारण 

  • मधुमेह हुनुको मुख्य कारण जीवनशैली पनि हो । अस्वस्थ आहार, शारीरिक गतिविधिको कमी र मोटोपनाजस्ता जीवनशैलीजन्य कारणले गर्दा यो खालको मधुमेह हुने गर्छ । 
  • घरमा बुबा र आमालाई मधुमेह भएको छ भने छोराछोरीमा पनि हुने उच्च जोखिम हुन्छ । गर्भावस्थाको समयमा हुने विभिन्न हर्मोनल परिवर्तनको कारणले इन्सुलिनले राम्रोसँग काम नगर्न सक्छ । जोखिमका कारकहरूमा उमेर, पारिवारिक इतिहास र मोटोपन पर्छन् । पछिल्लो समय वयस्कहरूमा मधुमेह बढ्दो रूपमा देखिइरहेको छ । 
  • अधिक तौल/मोटोपना अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी उच्च रक्तचाप, हानिकारक रगतमा बोसोको मात्रा उच्च, सुर्तीजन्य पदार्थको प्रयोग, लागुपदार्थ र मदिराको लतहरूले गर्दा पनि मधुमेह निम्त्याउँछ ।  

 लक्षण 

  • बारम्बार पिसाब लाग्ने
  • भोक बढ्नु
  • अत्यधिक तिर्खा लाग्नु
  • अधिक रूपमा वजन घट्ने
  • ऊर्जाको कमी तथा चरम थकान हुने
  • चासो र एकाग्रताको कमी
  • धमिलो दृष्टि
  • बारम्बार हुने संक्रमण वा गम्भीर प्रकृतिका संक्रमणहरू
  • घाउ, सुक्खा वा चिलाउने, छालाको घाउ ढिलो निको हुनेआदि 

मधुमेह नियन्त्रण 

  • मधुमेहको व्यवस्थापन र रोकथामका लागि स्वस्थ जीवनशैली अपनाउनु महत्वपूर्ण हुन्छ । यसमा सन्तुलित आहार, नियमित व्यायाम र तौल व्यवस्थापन पर्छन् । हर्बल सप्लिमेन्ट जस्तै: एलोभेरा, जिन्सेङ, कुर्कुमिन, मोरिंगा, ग्रिन टीको सेवनले पनि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसका साथसाथै, इन्सुलिनको कार्यक्षमता बढाउनसमेत यस्ताखाले सप्लिमेन्ट प्रयोग गर्न सकिन्छ । रगतमा ग्लुकोजको स्तरको नियमित अनुगमनले आफ्नो अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्छ । 
  • कार्बोहाइड्रेडको सन्तुलित सेवन, पोषण कन्ट्रोल र ध्यानपूर्वक खाने बानीले मधुमेह व्यवस्थापनमा सहयोग पुग्छ । शारीरिक गतिविधिले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र इन्सुलिन संवेदनशीलतालाई समेत सुधार गर्न मद्दत गर्छ । 
  • मधुमेह एक गम्भीर प्रकारको स्वास्थ्य अवस्था हो जसलाई जीवनभर नै उपयुक्त व्यवस्थापनको जरुरी हुन्छ । यसको कारणहरू राम्ररी बुझेर, लक्षणहरू पहिचान गरी जीवनशैली परिवर्तन, औषधि र नियमित अनुगमनको संयोजनले मधुमेहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ ।