१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा फेवातालको ‘बोट रेसिङ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

२५औँ पोखरा सडक महोत्सव जारी छ। महोत्सवको तेस्रो दिन फेवातालमा डुंगा खियाउने प्रतियोगिता (बोट रेसिङ) सम्पन्न भएको छ।

रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुलातर्फको प्रतिस्पर्धामा स्विमङ पुल घाट ए विजयी भयो भने गौरीघाट तथा बाराहीघाट क्रमशः दोस्रो र तेस्रो भए।

पहिलो हुने टोलीले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

यसैगरी, संस्थागततर्फको प्रतिस्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एसोसिएसनले तेस्रो स्थान हासिल गर्‍यो।

यस्तै, वेटर रेसमा बेन्जन रेस्टुरेन्टका रेशमबहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनील गुरुङ दोस्रो र बेन्जनकै सौरण ठकुरी तेस्रो भए। उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार हात पारे।

वेट्रेसतर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोस्रो हुँदा बेलिफकी रश्मी तिहारी तेस्रो भइन्। उनीहरूले क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगद जिते।