Skip This
मनहरीमा जंगली हात्ती आतंक : तीन घरमा क्षति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १४ शनिबार
  • Saturday, 27 July, 2024
२o८o पौष १४ शनिबार o७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरीमा जंगली हात्ती आतंक : तीन घरमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १४ शनिबार o७:५८:oo

केही दिनयता मकवानपुरको मनहरीमा जंगली हात्तीले नियमित आतंक मच्चाएको छ। शनिबार राति पनि जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिकाकाे तीन घरमा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार शनिबार राति १ बजेको समयमा मनहरी गाउँपालिकाको वडा नम्बर ७ र ८ मा गरी तीनवटा घरमा क्षति पुर्‍याउनुका साथै घरमा राखेको अन्नसमेत खाइदिएको छ।

जंगली हात्तीले मनहरी वडा नम्बर ७ शान्तिटोलका संजय साहको काठको ढोका भत्काई घरभित्र राखेको एक बोरा धान खाइदिएको छ भने लक्ष्मी परियारको ब्लकले बनेको जस्ताले छाएको एकतले घरको एकपाखो भत्काइदिएको छ। यस्तै, मनहरी- ८ सिमपानीका शिवलाल प्रजाको ब्लकले बनेको जस्ताले छाएको एकतले घरको छानो र एक साइडको भित्ता भत्काई  एक बोरा चामलसमेत खाइदिएको प्रहरीले जनाएको छ।

जंगली हात्तीको आक्रमणबाट स्थानीयको धनमाल क्षति भएको खबरपछि पुगेको प्रहरी र पर्सा निकुञ्जबाट गएको नेपाली सेनाको टोलीले हात्तीलाई जंगलतर्फ लखेटेकाे प्रवक्ता भण्डारीले जानकारी दिए। उनका अनुसार हात्तीको आक्रमणबाट कुनै पनि मानवीय क्षति भने भएको छैन।