१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले युनिटेक हाइड्रोपावरमा लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४४:oo

लक्ष्मी क्यापिटल कोष प्रवद्र्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फन्ड (एलएसइएफ)ले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ ।

क्यापिटलले दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चाल्नुका साथै आफैँले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डको पहिलो लगानीको शुभारम्भसमेत गरेको हो । 

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फावाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगिसकेको जनाइएको छ । ताप्लेजुङ जिल्लामा रहेको आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै, कम्पनीसँग थप १५ मेगावाटको मध्य इवाङ खोला जलविद्युत् आयोजनाको इजाजतपत्रसमेत रहेको क्यापिटलले जनाएको छ ।

ad
ad