१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल-ल्हासा सीधा उडान दोस्रो सेतु : मन्त्री किराँती  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:५३:oo

हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा उडान सुरु गरेको छ । नेपाल र चीनको सम्बन्धमा काठमाडाैं-ल्हासा सीधा हवाई उडान दोस्राे सेतुको रूपमा स्थापित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन् । बिहीबार हिमालय एयरलाइन्सको काठमाडौं-ल्हासा उडानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । 

मन्त्री किराँतीले भने, ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान ।’

तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटक घुम्न आउने गर्छन्  । जसमध्ये ठूलो संख्यामा चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने गर्छ । जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।

नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोसेढुंगाको काम गरेका छन् । पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरे। सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। 

१३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली वास्तुकलालाई चीनमा परिचित गराए । चिनियाँहरूले नेपाललाई गौतम बुद्ध जन्मिएको देश र एक असल मित्रराष्ट्र भनेर मान्छन्  । नेपाल पनि एक चीन नीतिप्रति प्रतिबद्ध रहेको छ ।

कोम्निङ, बेइजिङ, सांघाई क्विङ्डाओ, चोङ्कुइङ, कोमिङपछि ल्हासामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो ।  यससँगै ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रूममा हिमालयन एयरलाइन्स रहेको छ ।
 

ad
ad