Skip This
नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o पौष ११ बुधबार o६:३५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेन्जर्स इलिमिनेटर खेलमा ललितपुरसँग ३–० ले पराजित भएपछि लिगमा नयाँ विजेता बन्ने पक्का

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार o६:३५:oo

साबिक विजेता काठमाडौं रेन्जर्स इलिमिनेटरबाट बाहिरिएसँगै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)ले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । दरशथ रंगशालामा मंगलबार ललितपुर एफसीले उपाधि रक्षा गर्ने रणनीतिमा रहेको काठमाडौंमाथि मंगलबार दशरथ रंगशालामा ३–० को सानदार जित निकाल्यो ।

तीन वर्षअघिको पहिलो संस्करणको फाइनलमा धनगढीलाई १–० ले हराउँदै काठमाडौंले उपाधि जितेको थियो । १० खेलाडीमा सीमित काठमाडौं चौथो भेटमा आएर ललितपुरसँग पहिलोपटक पराजित भयो । ललितपुरको जितमा विदेशी खेलाडी नायम बने । ६ हजार समर्थक उपस्थित खेलमा नाइजेरियन स्ट्राइकर इमोह इजिकिलले दुई तथा फ्रान्सेली स्ट्राइकर पापा इबोउ केबेले एक गोल गरे । 

जितसँगै ललितपुरले गत संस्करणको इलिमिनेटरमा काठमाडौंसँग व्यहोरेको हारको बदला पनि लिएको छ । लिग चरणको खेलमा काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो । पहिलो संस्करणको लिग चरणमा पनि काठमाडौंले १–० र इलिमिनेटरमा ३–० ले हराएको थियो । 

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले नतिजा स्विकार्ने र अक्सनदेखि नै टोली कमजोर रहेको प्रतिक्रिया दिएका छन् । ‘साबिक विजेताको उपाधि सुरक्षित राख्ने योजना थियो, मार्की छनोट र अक्सनबाटै टोली अलिकती सन्तुलित भएन,’ प्रशिक्षक महर्जनले भने । हिसुब थपलिया मार्की रहेको काठमाडाैं लिग चरणमा तेस्रो भएर इलिमिनेटर खेलेको थियो । अन्तिम खेलमा ललितपुरलाई हराउँदा काठमाडौं प्ले अफमा स्थान बनाउन सफल भएको हो । 

प्रशिक्षक महर्जनले सेमिफाइनल पुग्ने आफ्नो लक्ष्य भने पूरा भएको बताए । ‘हाम्रो लक्ष्यअनुसार सेमिफाइनल पुग्नु नै सन्तुष्ट छु । यहाँ पुग्दा खुसी छु । राष्ट्रिय लेभलको राम्रो खेलाडी भएन,’ उनले भने, ‘तर, पनि ललितपुरसँग टप फाइट भयो ।’ उनले रेफ्रीको निर्णयमा सन्तुष्टि हुने स्थान नरहेको प्रस्ट पारेका छन् । पहिलो गोल नै अफसाइड भएको र अनावश्यक रातो कार्ड देखाएको प्रतिक्रिया उनले दिएका छन् ।

खेलको ७४औँ मिनेटमा काठमाडौंका कप्तान अञ्जन राईले दोहोरो पहेलो कार्डपछि मैदान छाडेका थिए । ललितपुरका पापा केबेमाथि फाउल गरेपछि भारतीय रेफ्री राम दासले अञ्जनलाई रातो कार्ड देखाउँदै बाहिर पठाएका हुन् । प्रशिक्षक महर्जनले खराब प्रदर्शन निरन्तर निस्किएपछि मार्की हिसुब र रक्षक कुलदीप कार्कीपछि अञ्जनलाई आर्म ब्यान्ड सुम्पिएका थिए ।

फाइनल प्रवेश गर्न पोखरा र ललितपुर भिड्ने
अब, उपाधिका लागि धनगढीले पोखरा र ललितपुरमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर्समा पराजित पोखरालाई अझै एक मौका रहेको छ । पोखरा र ललितपुरबीचको खेल बिहीबार हुनेछ । ललितपुरका प्रशिक्षक इआन आन्द्रे गिलानले बाँकी दुवै खेलमा मिहिनेत गरेर खेल्ने बताएका छन् ।

 उनले योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए । ‘अबका दुवै खेल महत्वपूर्ण छन् । उपाधि जित्न गम्भीर छौँ । कुनै पनि खेल सहज हुने छैन,’गिलानले भने, ‘हामीले काठमाडौंविरुद्ध योजनाअनुसार नै खेलेका छौं, हाइ प्रेस खेल्ने योजना सफल भयो ।’ मिडफिल्डमा धेरै राम्रो भएको उनको भनाइ छ । अस्ट्रेलियन प्रशिक्षक गिलानले ललितपुरका युवा खेलाडीको भविष्य राम्रो रहेको र उनीहरू चाँडै राष्ट्रिय टोलीमा देखिने विश्वास राखे । 

अक्सनबाटै कमजोर थियौँ : बालगोपाल महर्जन, प्रशिक्षक, काठमाडौं
साबिक बिजेता भएकाले उपाधि सुरक्षित राख्ने योजना थियो । अक्सनमा म पनि चीन थिएँ । सोचेको र योजना बनाएको खेलाडी टोलीमा परेनन् । बाध्य भएर योजनामा नभएको खेलाडी लिनुपर्‍यो । अक्सनबाटै अलिकति सन्तुलित भएन । हाम्रो लक्ष्यअनुसार सेमिफाइनल पुग्नु नै सन्तुष्ट छु । यहाँसम्म पुग्दा खुसी छु । राष्ट्रिय लेभलको राम्रो खेलाडी नै भएन । हामीले ललितपुरविरुद्ध टप फाइट गर्‍यौँ । पहिलो गोल अफसाइड थियो । रेड कार्ड दिएकोमा चित्त बुझेको छैन । 

काठमाडौंविरुद्धको योजनामा सफल भयौँ : इआन आन्द्रे गिलान, प्रशिक्षक, ललितपुर 
खेल योजनाअनुसार भएको छ । हाई प्रेसिङ खेल्न सफल भयौँ । मिडफिल्डमा खेलाडीले धेरै राम्रो खेले । उत्तिकै मिहिनेत पनि गरेका छन् । युवा टोलीले पनि राम्रो खेलेका छन् । उनीहरूको भविष्य राम्रो छ । नेपाल फुटबलमा उनीहरूले राम्रो गर्न सक्छन् । हामीले धेरै गोल निकाल्ने प्रयास गर्‍यौँ । अन्तिम समयसम्म खेल्यौँ । खेलाडीमा जित्ने भावना छ । हामी उपाधि जित्न सिरियस छौँ । हरेक खेल महत्वपूर्ण छ । कुनै खेल सहज छैन ।

इमोनको दुई गोल 
ललितपुरको जितमा इमोहले दुई तथा केबेले एक गोल गरे । योसँगै प्रतियोगितामा दुवैले समान तीन गोल गरेका छन् । खेलको ३६औं मिनेटमा इमोहले ललितपुरलाई १–० अग्रता दिलाए । पापा इबोको प्रहार काठमाडौंका गोलरक्षक अन्जल श्रेष्ठले बचाए । तर, रिवाउन्ड भएको बललाई इमोहलेसहजै गोल गरे । खेलको ४४औँ मिनेटमा केबेले ललितपुलाई २–० को अग्रता दिलाए । भारतीय खेलाडी निखिल सुरेसरावो कदमको कर्नर मार्की तथा कप्तान अनन्त तामाङले हेडिङ गरेका थिए । खेलको ५२औँ मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गरे । निखिलको फ्रिकिकमा बक्सभित्र अनमार्क रहेका इमोलले सहज हेडिङ गोल गरेका हुन् ।