१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २२ शनिबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्याप्त बजेट हुँदा पनि खाँदबारी–किमाथांका सडककाे काम नहुनु चिन्ताजनक : राज्यमन्त्री चपाई

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३५:oo

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले संखुवासभाको खाँदबारी–किमाथांका सडकमा पर्याप्त बजेट हुँदाहुँदै पनि काम नहुनु चिन्ताको विषय बनेको बताएकी छिन्।

आइतबार सदरमुकाम खाँदबारीमा पत्रकार भेटघाटमा राज्यमन्त्री चपाईले त्रिदेशीय लिंकको रूपमा जोडिने भारतको जोगबनीदेखि चीनसम्म जोडिने उत्तरदक्षिण कोसी राजमार्गमा बजेट हुँदाहुँदै पनि निर्माण कम्पनीको हेलचेक्य्राइँले समयसीमाभित्र काम नगर्दा स्थानीयहरूले सास्ती खेप्नुपरेको बताइन्।

मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्न आएकी राज्यमन्त्री चपाई चीनको सिमाना जोडिने खाँदबारी–किमाथांका सडकअन्तर्गत भोटखोलाको बरुण नदीसम्म अनुगमनमा पुगेकी थिइन्।

स्थलगत अनुगमनपछि खाँदबारीमा पत्रकारहरूसँग उनले भनिन्, ‘खाँदबारीदेखि उत्तरी क्षेत्रको सडकको अवस्था दर्दनाक रहेछ। स्थानीय नागरिकहरूले सडकको कारण निकै समस्या भोग्नुपरेको आफैँले स्थलगत अवलोकन गरेँ। अब मन्त्रालय फर्किएर यहाँको स्थलगत रिपार्टिङ हुन्छ, त्यसको पछि यसको समस्या समाधान र भावी योजना बनाएर काम गर्छौँ। अरू ठाउँमा बजेट अभावको कारण काम भएन भन्ने हुन्छ, तर यहाँ बजेट भएर पनि निर्माण कम्पनीले समयमा काम नगर्दा समस्या भएको देखियो। अब मन्त्रालयले आवश्यक ‘एक्सन’ लिन्छ।’

खाँदबारीभन्दा माथिका सडकमा अरुण तेस्रो परियोजनाको कारणले पनि समस्या भएको पाइएको उल्लेख गर्दै राज्यमन्त्री चपाईले समाधान निकाल्ने विषयमा गम्भीर बनेको बताइन्।
 

ad
ad