१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

चासोक तंनमको अवसरमा फुङलिङमा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४३:oo

ताप्लेजुङको फुङलिङ नगरपालिकाले चासोक तंनम (न्वागी पर्व)को अवसरमा बिदा दिने निर्णय गरेको छ। लिम्बू समुदायको सांस्कृतिक चाड चासोक त‌ंनम मनाउन फुङलिङ नगरपालिकाले बुधबार एक दिन स्थानीय बिदा दिने निर्णय गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा आइतबार प्रकाशित सूचनाअनुसार चासोक तंनमको अवसरमा फुङलिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिएकाले स्थानीय बिदा दिने निर्णय गरिएको हो।

स्थानीय सार्वजनिक बिदाका दिन फुङलिङ नगरपालिका, वडा कार्यालयसहित नगरभित्रका स्वास्थ्य संस्था, विद्यालय र अन्य संघ-संस्था बन्द हुनेछन्।
 

ad
ad