१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘पुटिनकाे पुनः उम्मेदवारी र विपक्षी नेता नाभाल्नी बेपत्ता संयोग मात्र होइन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरेको छन्। पुटिनकाे पुनः उम्मेदवारी दिने घाेषणा र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता हुनु ‘संयोग’ मात्र नभएको टिप्पणी गरिएकाे छ। 

रुसका पूर्वउपऊर्जामन्त्री भ्लादिमिर मिलोभले १७ दिनदेखि हराइरहेका रुसी विपक्षी नेता नाभाल्नी शुक्रबार भिडियो लिंकमार्फत अदालतका दुई सुनुवाइमा अनुपस्थित रहेको बताएका छन्। 

अतिवादी समुदाय सिर्जना गरेको तथा चरमपन्थी गतिविधिलाई वित्तपोषण गरेको अभियाेगमा गत अगस्तदेखि उनी जेलमा छन्। 

मिलोभले भने, ‘मलाई लाग्छ यो सुनियोजित रणनीति हो। यो कुनै संयोग होइन। नाभाल्नी ठीक त्यही क्षण गायब भएका थिए जतिवेला तथाकथित राष्ट्रपति चुनावको घोषणा गरिएको थियो र पुटिनले फेरि चुनाव लड्ने घोषणा गर्नुभयो।’  

‘वास्तवमा पुटिनले अर्को कार्यकालका लागि धम्की, दमन, सामाजिक दबाब दिएर पुन: क्रेमलिन प्रवेश गर्न लागेका छन्। यो स्पष्ट रूपमा सबै विपक्षी शक्तिहरूका लागि ‘नकारात्मक सन्देश’ हो,’ मिलोभले भने। 

नाभाल्नीको टोलीले टेलिग्रामपोस्टमा भनेको छ, ‘नाभाल्नी १७ दिनदेखि हराइरहनुभएको छ। आज एलेक्सीले दुई सुनुवाइ गर्नुपर्ने थियो। उनहाँलाई फेरि अदालतमा ल्याइएन। नाभाल्नी आफ्ना साथीहरूसँग यति लामो समयसम्म सम्पर्कमा नआएको पहिलो घटना हो।’ 

सिएनएनका अनुसार केही दिनदेखि बेपत्ता नाभाल्नीका सहयोगीहरूले उनको वर्तमान अवस्थाबारे पूर्ण र भरपर्दो सूचनाका लागि क्रिप्टोकरेन्सी पुरस्कारकाे समेत प्रस्ताव गरेका छन्। 

नाभाल्नीको अनुपस्थितिबारे गत हप्ता पटक–पटक सोधिएको प्रश्नमा क्रेमलिनले भनेको छ, ‘राज्यले कैदीहरूको भाग्य र  बसाइबारे निगरानी गर्ने उद्देश्य नराख्ने प्रतिक्रिया दिएकाे थियाे।’ 

सिएनएनका अनुसार नाभाल्नीले पुटिनको दुई दशकभन्दा लामो शासनकालकाे वैधानिकतामाथि प्रश्न उठाउँदै आएका थिए। उनले युक्रेनविरुद्धकाे जारी युद्धकाे सार्वजनिक विरोध गर्दै आएका थिए।