१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल सरकारका पूर्वसचिव डा. सुशीलनाथ प्याकुरेललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२o:oo

नेपालमा नसर्ने रोगको अवस्था कस्तो छ ?
नसर्ने रोग निकै बढेको छ । हाम्रो आनीबानी र खानपानमा निकै परिवर्तन आएको छ । हामी जंक फुडमा निर्भर हुन थालेका छौँ । घरमा पकाएको खानेकुरामा हाम्रो रुचि घट्दै गएको छ । स्यान्डविच, बर्गर, मःमजस्ता मैदाजन्य खानेकुरा हाम्रा प्राथमिकतामा पर्दै गएका छन् । हाम्रो एक्सरसाइज पनि निकै घटेको छ । आजका बालबालिका कबड्डी, डन्डिबियो, भलिबल, फुटबलजस्ता शारीरिक श्रम बढी हुने खेलभन्दा मोबाइलको खेलमा रमाउन थालेका छन् । साइकलभन्दा मोटरसाइकल, गाडी बढी प्रयोग हुन थालेको छ । यसले गर्दा पनि हामीकहाँ नसर्ने रोगको फैलावट व्यापक हुँदै गएको छ । 

हामीकहाँ कस्ता खालका नसर्ने रोग बढिरहेका छन् ?
हामीमा देखिएका नसर्ने रोग धेरै छन् । एक्सरसाइजको कमीले हामीमा सुगर, प्रेसर जस्ता रोग व्यापक बढेका छन् । हृदयाघातको समस्या पनि निकै बढेको छ । हाम्रो जंकफुड, चिल्लो र मैदाजन्य खानेकुराका कारण कोलेस्ट्रोलको समस्या बढेको छ । कोलेस्ट्रोलका कारण रगत बाक्लो हुँदा किड्नी फेल हुने समस्या बढेको छ । स्ट्रोक र ब्रेन हेमरेज जस्ता रोग पनि निकै बढेका छन् । क्यान्सर पनि डरलाग्दो तहमा बढिरहेको छ । 

यस्ता नसर्ने रोगको न्यूनीकरणका उपाय के हुन सक्छन् ?
सबैले नियमित एक्सरसाइज गर्नुपर्छ । शारीरिक श्रम बढी पर्ने काम र खेलकुदमा सहभागी हुनुपर्छ । खानपानमा बढी नै ध्यान दिनुपर्छ । जंक फुड खान बन्द गर्नुपर्छ । धूम्रपान तथा मद्यमानबाट टाढै बस्नुपर्छ । सरकारका सबै मन्त्रालय र निकायले जनस्वास्थ्य ऐन र नियमावली कडाइसाथ कार्यान्वयन गर्नुपर्छ । 

ad
ad