१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा १० लाख बालबालिका गम्भीर कुपोषणको जोखिममा : डब्लुएचओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o६:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ।

काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्युजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताए। 

उले एक्स (ट्विटर) मा लेखेका छन्, ‘अफगानिस्तानको कुल जनसंख्याको ३० प्रतिशतले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन्,’ उनले भने,  ‘करिब १० लाख बालबालिका गम्भीर कुपोषित छन् भने २३ लाख बालबालिका मध्यमखालको कुपोषणबाट पीडित छन्। विश्व स्वास्थ्य संगठनलाई कुपोषण र खाद्य असुरक्षाको परिणामबाट बढीभन्दा बढी अफगान बालबालिका र महिलाहरूको मृत्यु हुनबाट रोक्न औषधि प्रदान गर्न र अस्पतालहरूलाई सहयोग गर्न १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक छ।’

अफगानिस्तानको तालिवानद्वारा नियुक्त सार्वजनिक स्वास्थ्य मन्त्रालयले देशमा कुपोषित आमा र बालबालिकाको संख्या विगतका वर्षहरूको तुलनामा केही बढेको जनाएको छ।

इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकहरूका अनुसार अफगानिस्तानमा कुपोषित बालबालिकाको संख्या विगतका वर्षहरूको तुलनामा बढेको छ र जाडोयाममा २० देखि २५ कुपोषित बालबालिकाहरू अस्पताल आउने गरेका छन्।

अस्पतालमा सेवारत नर्स फातिमा अजिमीले भनिन्, ‘गत वर्षको तुलनामा विशेषगरी जाडो मौसममा हाम्रा बिरामी बढेका छन् र अहिले दैनिक १५ देखि २० जना बिरामी अन्य अस्पतालबाट उपचारका लागि सिफारिस भएर आउने गरेका छन्।’

चिकित्सक अब्दुल गफुर रसुलीलाई उद्धृत गर्दै टोलो न्युजले दिएको समाचारअनुसार ‘बालबालिकालाई कुपोषणको सामना गर्न नदिन’ सम्मानित परिवारले जन्मबीचको दूरी बढाउनुपर्छ र स्वास्थ्यसम्बन्धी सुधार गर्नुपर्छ, निर्देशिकाको पालना गर्नुपर्छ र हाम्रो समाजलाई गरिबीबाट बचाउनुपर्छ।