१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 29 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दरबारको कथामा ‘राजमहल’ निर्माण हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो।

सुरुवाती चरणमा ‘ह्वाइट हाउस’ भनेर प्रचार गरिए तापनि औपचारिक रूपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ। सविनकुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदै छिन्। आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन।

चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन् भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पवीले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै छन्। करिब चार करोड बजेटमा बन्ने भनिएको  चलचित्रको माघ पहिलो सातादेखि अस्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्डसम्म पुगेर केही सिन खिचिनेछ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिनेछ।

चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठजस्ता चिरपरिचत अनुहारसहित रेशम गुरुङ, अजयकुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो चलचित्रका अन्य चारित्रिक भूमिकामा देखिँदै छन् । पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीले संगीत भर्ने छन्।

निर्देशकसमेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन्। त्यसैगरी सहनिर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अस्ट्रेलियातर्फबाट सहकार्य गरेका छन्।

कार्यक्रममा निर्देशक तोलांगले चलचित्रको कथालाई न्याय गर्ने गरी आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो चलचित्रको कथाअनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन्। अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफूले ठूलो कुरा नगर्ने र चलचित्रको छायांकन सकिएपछि सबिस्तार बोल्ने बताए।

कार्यक्रममा राजदरबारको प्रसंग निस्किँदा नेपालको राजदरबारबार हत्याकाण्डको विषयमा कलाकारहरूले फरक–फरक मत राख्दा रमेश उप्रेतीले भने दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवासमेत गरेका छन्।