१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न उद्योगमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालयमातहतका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्।

मन्त्री रिजालले मंगलबार मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका निकायका प्रमुखहरूमाझ खरो रूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिएका हुन्। 

आर्थिक वर्ष ०८०/८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न मंगलबार मन्त्रालयमा बैठक बसेको थियो। देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो।

‘कानुनविपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्,’ उनले भने, ‘आफ्ना कमी-कमजोरीलाई ढाकछोप नगरी इमान्दारसाथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस्।’

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रहसमेत गरे। अपेक्षित काम हुन नसकेको भन्दै उनले भने, ‘तपाईंहरूको कामबाट म खुसी छैन, इमानदारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस्। विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पूरा गर्नुस्।’

ऐनकानुनले ढिलासुस्ती भएको छ भने जानकारी गराउन आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने, तर ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे।

आर्थिक वर्ष ०८०/८१ को मंसिर महिनासम्मको खर्चमा चालूतर्फ ३१.०२ प्रतिशत (१ अर्ब ५० करोड ३२ लाख रुपैयाँ), पुँजीगततर्फ ३.०६ प्रतिशत (१० करोड १० लाख रुपैयाँ) गरी कुल १९.७१ प्रतिशत (१ अर्ब ६० करोड ४२ लाख रुपैयाँ) खर्च भएको मन्त्रालयले जानकारी दिएको छ।