१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

बजेट खर्चमा अनुशासन कायम गर्न प्रयासरत छौँ : अर्थमन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:२४:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले बजेट खर्च बढाउनेतर्फ आफ्ना गतिविधि केन्द्रित गरेको बताएका छन्।

हेटौँडामा मंगलबार उद्योगी–व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री महतले विगतमा बजेट खर्चमा हुने गरेको अनुशासनहीनता कम गर्न सरकारले बहुवर्षे ठेक्कालाई व्यवस्थापन गर्ने रणनीति लिएको बताए। 

बहुवर्षे ठेक्का स्रोत सुनिश्चिततापश्चात् मात्र सञ्चालन गर्ने गरी बजेट खर्चमा अनुशासन कायम गर्न प्रयत्न गरिरहेका छौँ। स्राेतका सुनिश्चितता नभएका योजना तत्काल ठेक्का प्रक्रियामा जाँदैन। त्यसो हुँदा हामी बजेट खर्चमा हुने गरेको अनुशासनहीनता कम गर्न सक्छौँ,’ उनले भने।

मन्त्री महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार आउँदै गएको दाबी पनि गरे। उनले अर्थतन्त्रमा आएको संकुचन क्रमशः घट्दै गएको र देशको आर्थिक स्थिति सुधार हुँदै गएको बताए।

सरकारले अपनाएको आर्थिक सुधारका रणनीतिका कारण आर्थिक मन्दी अन्त्य हुनेतर्फ गइरहेको उनको दाबी छ। ‘अर्थतन्त्रको सुधारका लागि सरकारले लिएको नीतिका कारण मन्दी क्रमशः घद्टै गएको छ। सरकारको नीतिका कारण नै अहिले समस्या समाधानतर्फ गइरहेको छ,’ उनले भने।

सरकारले वित्त व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग छलफल गरी समस्या हल गर्नेतर्फ सरकारले पहल गरेको उनले बताए।सरकारले गरेको पहलका कारण हाल सेयर बजारको कारोबार बढ्दो क्रममा रहेको र घरजग्गा कारोबार पनि उकालो लाग्ने चरणमा रहेको उनको भनाइ छ।

अर्थतन्त्रमा आएको समस्याका कारण उद्योगी व्यापारीहरूमा परेको समस्या समाधानका लागि राष्ट्र बैंकसँगको छलफलमा ब्याजदार घटाउने पहल सरकारले गरेको र उक्त पहलबाट हाल बैंकहरूले ब्याजदर घटाउने क्रममा रहेको उनले बताए।

बैंकहरूको ब्याजदर घटाउने र पुराना ऋणीहरूको सहजताका लागि चैतसम्मको समयसीमा दिएर ऋण भुक्तानीको व्यवस्था मिलाउन सरकारले राष्ट्र बैंकमार्फत निर्देशन दिएको मन्त्री महतले बताए। मौद्रिक नीतिले पनि उक्त समस्याहरूको समाधानका लागि केही प्रयास गरेको उनको भनाइ थियो। 

ad
ad