१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ड्रोन र विस्फाेटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट, नौ मजदुरको ज्यान गयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:४२:oo

भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विस्फाेटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौजना कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ महिला छन्। 

महाराष्ट्र राज्यको नागपुर सहरमा रहेको सोलार इन्डस्ट्रिज इन्डियामा कामदारहरू प्याकिङ क्षेत्रमा रहेका वेला विस्फोट भएको थियो।

‘नागपुरको सोलार इन्डस्ट्रिजमा भएको विस्फोटमा ६ महिलासहित नौजनाको मृत्यु भएको र यो अत्यन्त दुर्भाग्यपूर्ण छ,’ राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणिबिसले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। 

कम्पनीले देशको रक्षा बलका लागि ड्रोन र विस्फाेटक पदार्थ उत्पादन गर्ने गरेको उनले बताए। दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले ६ हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ।

घटनामा कम्तीमा तीनजना कामदार घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। भारतमा औद्योगिक विपत्तिहरू सामान्य छन्। यसका लागि विशेषज्ञहरूले खराब योजना र सुरक्षा नियमहरूको फितलो कार्यान्वयनलाई दोष दिन्छन्।

गत वर्ष बिहारको पूर्वी राज्यमा अवैध रूपमा पटका उत्पादन भइरहेको एक घरमा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको थियो। सन् २०२१ मा दक्षिणी तमिलनाडु राज्यको एक पटका कारखानामा भएको विस्फोटमा १९ जनाको मृत्यु भएको थियो।

ad
ad