१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मिस मंगोल पासाङ डोल्माले बनाइन् विद्यालयमा चाइल्ड लाइब्रेरी एन्ड स्टडिज् रुम’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

मिस मंगोल नेपाल– २०२२ पासाङ डोल्मा शेर्पाले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका गोल्ची– ५ मा रहेको गोल्ची आधारभूत विद्यालयमा चाइल्ड लाइब्रेरी एन्ड स्टडिज रुम’ निर्माण गरेकी छिन्।

मिस मंगोल नेपाल विजेता पासाङ र विङ्स नेपाल फाउन्डेसनको सहकार्यमा निर्माण भएको पुस्तकालय पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, निर्देशक नवीन सुब्बा र प्रतिनिधिहरूको प्रमुख आतिथ्यतामा उक्त पुस्तकालय हस्तान्तरण गरिएको छ।

पासाङले पुस्तकालयका लागि मिस मंगोल नेपाल– २०२२ को आफ्नो प्रोजेक्टअन्तर्गत गृहजिल्ला सिन्धुपाल्चोकको गोल्चीमा अभियान सुरु गरेकी थिइन्। कार्यक्रममा बोल्दै निर्देशक सुब्बाले ‘चाइल्ड लाइब्रेरी एन्ड स्टडिज रुम’ले शिक्षाको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘गोल्चीवासी एकदमै भाग्यशाली हुनुहुन्छ पासाङजस्तो प्रतिभा पाउनुभएको छ । उहाँले जुन रूपमा काम गर्नुभएको छ, अत्यन्तै राम्रो हो। उहाँजस्तो अरू गाउँपालिका पनि हुने हो भने शिक्षाको क्षेत्रमा साँच्चै नै रूपान्तरण गर्छ । यो एकदमै नयाँ कन्सेप्ट हो,’ उनले भने।

निर्देशक सुब्बाले शिक्षाको रूपान्तरण गर्न शिक्षामुखी कार्यक्रमहरूमा जोड दिन स्थानीय सरकारलाई अनुरोध गरे । ‘तपाईंहरूले शिक्षामा अझै धेरै लगानी गर्नुपर्छ । पासाङजस्तो प्रतिभाहरू उत्पादन गर्न हामीले जोड गर्नुपर्छ । र, यस्तो काम आम मानिसले पनि गर्नुपर्छ ।’

पालिकाका अध्यक्षले पासाङ नुर्पु शेर्पा विद्यालयमा स्थापना गरिएको पुस्तकालयले शिक्षामा सुधार ल्याउन मद्दत गर्ने बताएका थिए।

पुस्तकालयमा उपलब्ध बाल मनोविज्ञानसँग जोडिएका पुस्तक तथा अन्य सामग्रीले बालबालिकालाई शिक्षाप्रति आकर्षण गर्ने उपाध्यक्ष दिछेन शेर्पाको भनाइ थियो।

कार्यक्रममा पासाङ डोल्मा शेर्पाले चाइल्ड लाइब्रेरी एन्ड स्टडिज रुम’ निर्माणका लागि सहयोगी दाताहरूलाई स्मरण गरेकी थिइन्। ‘म एक्लैले गरको काम होइन सबै टिम मिलेर गरेका हौँ । डेढ महिनामा यो प्रोजेक्ट सम्पन्न गर्न सफल भयौँ । यो कामबाट  मलाई साँच्चै उत्प्रेरणा मिलेको छ ।’ ‘चाइल्ड लाइब्रेरी एन्ड स्टडिज रुम’ले स्थानीय कला, संस्कृति जर्गेना गर्न र शिक्षित जनशक्ति उत्पादनमा सहयोग पुग्ने उनको विश्वास छ।

 

‘मैले सात वर्ष शिक्षिका भएर काम गरेँ, जसले गर्दा मलाई शिक्षा प्रेम छ। जसले गर्दा मलाई शिक्षाको क्षेत्रमा काम गर्न मन लाग्यो। स्थानीय ज्ञान र संस्कृतिलाई जर्गेना गर्न हरेक गाउँ टोलमा पुस्तकालयको अनिवार्य स्थापना गर्नु आवश्यक छ। यसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा आर्जन गर्न, विद्यालयमा विद्यार्थीलाई  आकर्षित गर्न सहयोग पुग्छ । अनि मात्र ज्ञानमा आधारित समाज निर्माणको कल्पना गर्न सकिन्छ,’ उनले भनिन्।