१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘फागुनसम्म सरकारले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ’  

‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न महामन्त्री शर्माकाे आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:१o:oo

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही राजनीतिक दलहरू मिसन ८४ भन्दै हिडेको हुँदा ‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लाग्न आवश्यक रहेको बताएका छन्। उनले चार वर्षपछिको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै काममा केन्द्रित हुनु नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। 

प्रेस युनियन बागलुङले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले निर्वाचनको चिन्ता लिनुभन्दा आगामी ०९५ सालसम्म गर्न सकिने विकास निर्माणको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए। 

‘नेपालमा भूकम्पपछि घर पुनर्निर्माण गर्नुभन्दा घर भत्कनै नदिने भिजन चाहियो। तत्कालै सम्भव नहोला, तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्ने गरी योजना बनाऔँ,’ शर्माले भने।

उनले पत्रकार सम्मेलनमा आगामी ७ फागुनदेखि सुरु हुने कांग्रेसको महासमिति बैंठकमा अहिलेको सरकारले गरेका कामकाे गम्भीर छलफल हुने बताए। 

‘अहिले भइरहेको सरकारको काम सुस्त छ। सरकारमा कांग्रेससमेत छ। हामीले सरकारमा गएका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौँ। आगामी फागुनसम्म सरकारको कामले गति लिन आवश्यक छ। नत्र सरकारको गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ,’ शर्माले भने, ‘कांग्रेससमेत क्षेत्रीय र जिल्ला सम्मेलनबाट आफूलाई सुधार गर्दै अगाडि बढ्ने प्रक्रियामा छ। निर्वाचनको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक छ।’  

ad
ad