१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधि चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:o४:oo

नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टिफ्स (फिक्ट्स)को नेपाल प्रतिनिधि चयन भएका छन्।

नेपालमा खेलकुद संस्कृतिको प्रवर्द्धनका लागि काम गर्न उनलाई फिक्ट्सले प्रतिनिधि नियुक्त गरेको हो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)बाट मान्यता प्राप्त फिक्ट्सको हेडक्वार्टर इटलीको मिलानोमा छ।

फिक्ट्सले खेलकुदको मूल्य-मान्यता एवं ओलम्पिक र प्याराओलम्पिक खेलको सामाजिक तथा सांस्कृतिक महत्त्वलाई प्रवर्द्धन गर्दै आएको छ। फिक्ट्समा एक सय ३० सदस्य राष्ट्र छन्।

त्यसैगरी, पाँच महादेशका विभिन्न देशमा २० वटा अन्तर्राष्ट्रिय स्पोर्टस् फिल्म फेस्टिभल आयोजना हुने गर्दछन्। मुख्य फिल्म फेस्टिभल भने हरेक वर्ष मिलानोमै भइरहेको छ।

फिक्ट्सका अन्तर्राष्ट्रिय अध्यक्ष प्रोफेसर फ्रान्को अस्कानी र महासचिव डा. इन्जो क्यापिएलोद्वारा हस्ताक्षरित पत्र हातमा परेको ठकुरीले बताए। ‘फिक्ट्ससँगको आबद्धताले खेलकुदसँगै अन्य विधालाई पनि अन्तर्राष्ट्रियकरण गर्न सघाउने आशा लिएको छु,’ उनले भने, ‘यसले नेपालको खेलकुद र पर्यटन प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने विश्वास छ।’

फिक्ट्सले खेलकुदसम्बन्धी सिनेमा, वृत्तचित्र, टेलिभिजन फुटेज, खेलकुद फोटो, आलेखलाई पुरस्कृत गरी खेल संस्कृतिको प्रवर्द्धनमा जोड दिने गरेको छ। ‘नेपालगन्ज म्याराथनले पनि फिल्म फेस्टिभल र अवार्ड समारोह आयोजनामार्फत खेल संस्कृति प्रवर्द्धन गर्दै विश्वव्यापी सञ्जालसँग जोडिने अवसर प्राप्त गरेको छ। यो नेपालगन्जका लागि मात्र नभई सिंगो देशलाई फाइदा पुग्नेछ,’ ठकुरीले भने।

ad
ad