Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार १६:३९:oo
तनहुँ जिल्ला अदालतले बालिका करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका– १० का १९ वर्षीय सुदीप थापामगरलाई जन्मकैदको फैसला सुनाएको हो ।
साथै, निजलाई ६ लाख रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला पनि भएको अदालतले जनाएको छ । ती युवाविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो ।
प्रहरीले २८ असोज ०७९ मा उनीविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो । (रासस)