१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १२ पुसमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:३७:oo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसमिति बैठकको मिति तय गरेको हो । 

यसअघि १६ पुसदेखि महासमिति बैठक बोलाएको कांग्रेसले आजै सो बैठक फागुनमा गर्ने गरी सार्ने निर्णय गरेको थियो । महासमिति सारेर कांग्रेसले १२ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । 

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आगामी १२ पुसमा केन्द्रीय कार्यसमिति बैठक बस्ने निर्णय भएको जानकारी दिए । बैठकमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार चयन, महासमिति बैठकलगायतका एजेन्डामा छलफल हुने उनले बताए । 

११ माघमा राष्ट्रिय सभामा रिक्त २० सदस्यका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारबारे छलफल तथा राष्ट्रिय सभा अध्यक्षको रिक्त पदमा आफ्नोतर्फबाट दाबेदारी सम्बन्धमा छलफलसमेत सो बैठकमा गर्ने बताइएको छ । 

ad
ad