१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउसीभैलोबाट संकलित रकम भूकम्प प्रभावितलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

सिराहाको लहान नगरपालिका- १ पडरियास्थित एक संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत तिहारमा देउसीभैलो खेलेर गाउँबाट संकलन गरेको रकम सहयोगस्वरूप जाजरकोटका भूकम्प प्रभावितका लागि पठाएका छन्। 

स्थानीय सिटी ग्लोबल पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थीहरूले बिहीबार लहानस्थित इलाका प्रशासन कार्यालय लहानका प्रमुख लीलाकान्त पौडेललाई देउसीभैलोबाट संकलित २१ हजार चार सय १५ रुपैयाँ भूकम्प प्रभावित राहत कोषमा जम्मा गरेको भौचर हस्तान्तरण गरेका हुन्। 

लहानस्थित नेपाल बैंकमार्फत भूकम्प प्रभावित राहत कोषको खातामा बुझाएको जम्मा गरिएको भौचर इलाका प्रमुख पौडेललाई हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल वीरेन्द्रकुमार चौधरीले जानकारी दिए। ‘बालबालिकाहरूलाई सामाजिक उत्तरदायित्व र समाजसेवाप्रति प्रेरित गर्ने उद्देश्यले राहतस्वरूप रकम पठाइएको हो,’ उनले भने। 

प्रायः तिहारका वेला बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरूले गाउँघरमा देउसीभैलो खेलेर जम्मा भएको रकम वनभोज खाने चलन तोड्दै सामाजिक हितको काम पनि गर्नुपर्छ भन्ने व्यावहारिक कुरा सिकाउन विद्यार्थीहरूले देउसीभैलोबाट जम्मा गरेको रकम उनीहरूकै सहमतिमा भूकम्प प्रभावितलाई पठाइएको उनले बताए। 

भूकम्प प्रभावितका लागि पठाइएको सहयोग रकमको भौचर हतान्तरण गर्न प्रिन्सिपल चौधरीसहित विद्यार्थीहरूको समूह बिहीबार दिउँसो इलाका प्रशासन पुगेको थियो।