१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यकाल आठ महिना बाँकी छँदै संसद्का महासचिव गौतमको राजीनामा

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४१:oo

कार्यकाल सकिनुभन्दा करिब आठ महिनाअगावै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । २२ वैशाख ०७७ मा महासचिव नियुक्त भएका गौतमले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गौतमको राजीनामा स्वीकृत गरिसकेका छन् । 

गौतमको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधानको धारा १०६ बमोजिम संयुक्त रूपमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम संघीय संसद्को महासचिवमा सिफारिस गरेका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना आफैँ सोमबार शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई पाण्डेयको नाम सिफारिस गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘महासचिवज्यूले घरायसी कारण देखाएर दिनुभएको राजीनामा स्वीकृत भइसकेको छ । प्रतिनिधिसभाका सचिवको नाम नयाँ महासचिवमा सिफारिस गरिएको छ,’ उनले भने । 

गौतमले घरायसी कारण भने पनि संसद् सचिवालयका पदाधिकारी र जानकारहरूले राजीनामाको राजनीतिक कारण भएको बताएका छन् । उनीहरूका अनुसार संसद्काे प्रशासनिक नेतृत्वमा पकड कायमै राख्ने योजनाअनुरूप गौतमको राजीनामा आएको हो । हाल संसद्काे कार्यकारी नेतृत्व र प्रशासनिक नेतृत्व दुवैैमा एमाले नेता छन् ।

सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, महासचिव गौतम र दुवै सभाका सचिव एमालेनिकट नै हुन् । यसमध्ये अध्यक्ष तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर आगामी २० फागुनमा राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । ११ माघमा हुने राष्ट्रिय सभा चुनावमा सत्तापक्ष दलहरूको गठबन्धन हुँदा एमाले सबै ठाउँमा पराजित हुने अवस्था छ । गठबन्धनले जित्दा अबको राष्ट्रिय सभा अध्यक्ष पनि सत्तापक्षीय दलहरूबाटै हुनेछ । यस्तोमा ३ भदौ ०८१ सम्म कार्यकाल भएका गौतमको पदावधि सकिने वेला राष्ट्रिय सभा अध्यक्ष सत्तापक्ष (कांग्रेस वा माओवादी)को तथा सभामुख एमालेको हुने र एमालेले चाहेको व्यक्ति महासचिव बन्न नसक्ने अवस्था बन्न सक्थ्यो ।

गौतमलाई महासचिव बनाएको नजिर हेर्दा सभामुखले चाहेकोभन्दा राष्ट्रिय सभा अध्यक्ष तथा प्रधानमन्त्रीले चाहेरै भएको थियो । गौतम महासचिव नियुक्त हुँदा सभामुख र अध्यक्षको मतभिन्नता देखिएको थियो । तत्कालीन सभामुख अग्नि सापकोटा प्रतिनिधिसभाका तत्कालीन सचिव गोपालनाथ योगीलाई महासचिव बनाउन चाहन्थे । अध्यक्ष तिमिल्सिना र तत्कालीन प्रधानमन्त्री केपी ओलीको जोडबल गौतमकै नाममा थियो । अन्ततः सभामुख पछि हटेर गौतम महासचिव बनेका थिए । महासचिवको राजीनामा र नयाँ सिफारिसको प्रक्रियामा राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले प्रश्न उठाएका छन् ।

ad
ad