
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्।
गौतम ०७७ वैशाखमा संघीय संसद्को महासचिव नियुक्त भएका थिए। डा. गौतमले आइतबार राजीनामा बुझाएका थिए। उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्।
उनको राजीनामा स्वीर्कत भएसँगै नयाँ महासचिवमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ।