१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर २५ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ड्राई स्किनको स्याहार यसरी...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार ११:३५:oo

जाडो मौसममा चिसो हावाले छालालाई सुक्खा बनाउँछ । त्यसैले मोस्चराइजर लगाइरहनु राम्रो हुन्छ । बजारमा विभिन्न मेकअप सामग्री पाइन्छन् । त्यस्ता मेकअप प्रडक्टले अनुहारको छालामा असर पुग्न सक्छ । तसर्थ, राम्रो क्वालिटीको मेकअप प्रडक्ट प्रयोग गर्नुपर्छ । ड्राई स्किनका लागि मेकअप गर्नुअघि सफा पानीले अनुहार सफा गर्नुपर्छ । त्यसमा हल्का मोस्चराइजर लगाउने र केही मिनेटपछि फाउन्डेसन प्रयोग गर्नुपर्छ । 

लिक्विड हाइलाइटर लगाउने : जाडो सिजनमा मेकअप सामग्रीमा क्वालिटीको लिक्विड फाउन्डेसनको प्रयोग गर्नुपर्छ । यसलाई नरम मेकअप ब्रसले लगाउनुपर्छ । यसले अनुहारलाई चम्किलो बनाउँछ । फरक लुक्स दिन पनि सहयोग पुग्छ ।

पाउडर नलगाउने : बजारमा विभिन्न कम्पनीका पाउडर प्रडक्ट पाइन्छन् । जाडोमा मेकअप गर्दा पाउडर प्रयोग गर्नुहुँदैन । यसले छाला सुक्खा बनाउँछ । साथै, चमक हराउँछ । 

लाइट मेकअप गर्ने : जाडोमा सकभर लाइट मेकअप गर्नु राम्रो हुन्छ । मेकअपमा फिनिसिङ टच दिँदा ब्लस अनिवार्य प्रयोग गर्दा राम्रो हुन्छ । अनुहारको चमक बढाउन ब्लसको प्रयोग गरिन्छ ।