
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।
अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दलको बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् ।
उनका अनुसार बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनमा दलको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।
दलका नेता तथा रास्वपा सभापति रवि लामिछाने बेलायतमा छन् । उनको अनुपस्थितिमा बैठकको अध्यक्षता कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् ।