१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र चलायमान बनाउन उद्योगीहरूको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:१८:oo

नयाँ औद्योगिक क्षेत्रको स्थापना, औद्योगिक वातावरण र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठोस नीति र विधि बनाउँदै अगाडि बढ्न रुपन्देहीका उद्योगीहरूले राज्यसँग आग्रह गरेका छन् ।

रुपन्देही उद्योग संघले आइतवार बुटवलमा गरेको मोतीपुर औद्योगिक क्षेत्रको निर्माण र सेजको सञ्चालनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले लामो समयसम्म नयाँ औद्योगिक क्षेत्र निर्माण नहुँदा र भएका औद्योगिक क्षेत्रको सही व्यवस्थापन नहुँदा जग्गा अभावमा उद्योगहरूले समस्या झेल्नुपरेको गुनासो गरे । 

लामो समयसम्म पनि नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न नसक्नु औद्योगिक विकासका लागि राम्रो संकेत नभएको बताउँदै मोतीपुर औद्योगिक क्षेत्रको निर्माण कार्य तत्काल अगाडि बढाउन र बन्द धागो कारखानाले उपभोग गरिरहेको जग्गा एवं भवनको सदुपयोग गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

ad
ad