१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर २५ सोमबार १o:१६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बंगलादेशमा विपक्षी दलका पाँच सदस्यको हिरासतमा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १o:१६:oo

बंगलादेशका प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा हिरासतमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । बंगलादेश नेसनलिस्ट पार्टीका पाँच सदस्यको मृत्यु भएको हो ।

बिएनपीले पछिल्ला दुई सातामा हिरासतमा रहेका आफ्ना पाँचजना कार्यकर्ताको मृत्यु भएको गणना गरेको पार्टीका कानुन प्रमुख कैसर कमालले एएफपीलाई बताए ।

‘हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ,’ उनले भने, ‘राष्ट्रव्यापी कारबाहीमा गिरफ्तार गरिएपछि धेरै बिएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।’ बिएनपीले आगामी जनवरी ७ मा हुन गइरहेको आमनिर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री सेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।

बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल ¥यालीपछि २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ ।