१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २५ सोमबार o९:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेडियन्ट र रातो बंगलालाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार o९:५८:oo

रेडियन्ट पब्लिक र रातो बंगलाले २९औँ ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । रेडियन्ट पुरुष तथा रातो बंगला महिलामा च्याम्पियन बनेका हुन् ।

बुङमतीस्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको पुरुष फाइनलमा रेडियन्टले आयोजक ज्ञानोदयलाई ५४–४१ ले पराजित गर्‍यो । रेडियन्टका सन्तोष शर्माले २२ स्कोर गरेका थिए ।

महिलामा रेडियन्ट फाइनलमा पुगे पनि उपाधि हात पार्न चुकेको छ । उपाधि भिडन्तमा रातो बंगलाले रेडियन्टलाई ४३–१९ ले हरायो । रातो बंगलाकी अन्शु उरावले २६ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्तोष र अन्शु आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई ज्ञानोदयकी संस्थापिका प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका भाइस प्रिन्सिपल भानु ए, रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले पुरस्कृत गरे ।