१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २५ सोमबार o८:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ललितपुर नेपाल सुपर लिगको शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार o८:१o:oo

फ्रेन्चाइज ललितपुर सिटी एफसी दोस्रो नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा १० खेलाडीमा सीमित एफसी चितवनमाथि ३–१ को सानदार जित निकाल्दै ललितपुर शीर्ष स्थानमा उक्लिएको हो । ललितपुरको जितमा फ्रान्सेली फरवार्ड पापा इबो केबेले दुई तथा विवेक पौडेलले एक गोल गरेका थिए । चितवनका लागि एक मात्र गोल घानाका रफिक अमिनुले फर्काए ।

ललितपुरका अस्ट्रेलियन प्रशिक्षक इयान आन्द्रे गिलानले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका बताए । ‘पछिल्लो पाँच दिन राम्रो तयारी भयो । सबै खेलाडी अभ्यासमा उपलब्ध भए । जसकारण चितवनविरुद्धको खेलमा सुधार भयो । दबाव बनाउन सफल भयौँ,’ इयानले भने । 

जितसँगै अपराजित रहेको ललितपुरले ५ खेलबाट ९ अंक बटुलेको छ । ८ अंकका साथ धनगढी दोस्रो स्थानमा छ । चितवन ५ अंकका साथ सातौँ स्थानमा झरेको छ । हारपछि चितवनले धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । चितवनका भारतीय प्रशिक्षक मेहराजुद्दिन वाडुले खेल राम्रो भएको जनाए । उनले बाँकी तीन खेलमा जित निकाल्दै प्ले अफमा स्थान बनाउने जनाएका छन् । ‘मलाई लाग्छ खेल धेरै राम्रो भयो । दुवै टोलीले राम्रो खेले । सुरुमै गोल हुँदा हामी दबाबमा पर्‍यौँ,’ वाडुले भने, ‘अझै तीन खेल बाँकी छ । उत्कृष्ट खेल खेल्दै प्ले अफमा स्थान बनाउन चाहन्छौँ ।’

उत्कृष्ट गोल गरेका ललितपुरका विवेक म्यान अफ दी म्याच बने । उनले यही लयलाई राष्ट्रिय टोलीमा स्थान बनाउने योजना रहेको सुनाए । ‘पछिल्लो समय राम्रो भइरहेको छ ।  

पापा इबोको दुई गोल 
लिगमा ललितपुरले दोस्रो जित निकाल्दा फ्रान्सेली स्ट्राइकर पापा इबो केबेले दुई गोल गरे । उनले एक गोल पेनाल्टीमा गरे । खेलको १९औँ मिनेटमा उनले ललितपुरलाई १–० को अग्रता दिलाए । डिबक्स अनमार्कमा रहेका पापा इबोले दिनेश हेम्जनको सहज पासमा वान टचमै गोल गरे । ललितपुरले खेलको ५७औँ मिनेटमा २–० को अग्रता लियो । यसपटक विवेकले आकर्षक भली गोल गरे । दिनेशको क्रसलाई चितवनका रक्षक अब्मुबारिक युसिफले क्लियर गरेका थिए । रिबाउन्स बललाई डिबक्सबाहिर विवेकले सुन्दर भली गोल गरेका हुन् ।

 ‘अभ्यासमा प्रशिक्षकले यस्तै सिकाउनुभएको थियो । वातावरण नै त्यस्तै बन्यो । आज प्रशिक्षणका क्रममा गरेका प्रयास सफल बनाएँ,’ विवेकले भने । खेलको ८९औँ मिनेटमा चितवनका अमिनुले एक गोल फर्र्काए । ८९औँ मिनेटमा टोरिक जेब्रिनको थ्रु पासमा अमिनुले गोल गरेका हुन् । उनको गोलसँगै चितवन खेलमा फर्कने छनक देखिएको थियो । ललितपुरले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै जित लगभग पक्का गर्‍यो । 

मिडफिल्डर उत्सव राईले वैकल्पिक खेलाडी आदित्य शाक्यलाई डिबक्सभित्र लडाएपछि ललितपुरले पेनाल्टी पायो । उत्सवले दोहोरो पहँेलो कार्डसँगै रातो कार्डको सामना गरे । पापा इबोले कुनै गल्ती नगरी गोल गरेका हुन् । यस गोलसँगै उनी लिगमा दुई गोल पूरा गर्ने पाँचौँ खेलाडी बनेका छन् । 

तीन खेल जित्दै पुनरागमन गर्छौँ
मेहराजुद्दिन वाडु, प्रशिक्षक, चितवन एफसी

ललितपुरसँगको खेल राम्रो भयो । हामीहरूले राम्रो खेल्यौँ । सुरुमै गोल हुँदा दबाब भयो । ललितपुरसँगको खेल सहज थिएन । खेलाडीको प्रदर्शनबाट खुसी छ । हामीसँग अझै तीन खेल बाँकी छ । सबै खेल जित्दै प्ले अफ स्थान बनाउने योजनामा छौँ । नवयुग लिएर गोल गर्न चाहन्थ्यौँ । दुई गोल हुँदा अट्याकिङ थर्डमा दबाब बनायौँ । केही प्रहार पोस्टमा पनि लाग्यो । 

खेलाडीबीचको तालमेल राम्रो भएको छ
इयान आन्द्रे गिलान, प्रशिक्षक, ललितपुर 

आजको हाम्रो खेल फरक थियो । हामीले पोसेसन बनाउने प्रयास गर्‍यौँ । पछिल्लो पाँच दिन राम्रो तयारी भयो । विदेशी र नेपाली खेलाडीबीच राम्रो तालमेल भएको छ । विदेशी खेलाडी पापा केबे र विवेकले राम्रो गोल गरे । उनीहरूका गोल साँच्चै राम्रो थियो । हामीहरूको सेट पिसमा राम्रो भएको छ ।