१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर २५ सोमबार o७:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हङकङको अल्ट्रा रेसमा जुम्लाकी सुनमाया च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार o७:५७:oo

जुम्लाकी अल्ट्रा धाविका सुनमाया बुढाले हङकङ अल्ट्रा रेस प्रतियोगिताको उपाधि जितेकी छिन् । हङकङमा आयोजित सय किलोमिटर ‘अल्ट्रा रेस’ प्रतियोगिता बुढाले १४ घन्टा ४० मिनेटमा पूरा गर्दै उपाधि हात पारेकी हुन् ।  २२ मंसिरमा भएको रेसमा सुनमायाले तीन सयभन्दा धेरै प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् । ‘द नर्थफेस हन्ड्रेड अल्ट्रा ट्रेल’ च्यालेन्जिङले आयोजना गरेको प्रतियोगितामा द नर्थ फेस टिम एपिएबाट सुनमायाले भाग लिएकी हुन् । 

प्रतियोगिताको दोस्रो र तेस्रो स्थानमा चीनका धावक रहे । सुनमाया रातिको समयमा ८ किलोमिटरको दूरीबीचमा हराएकी थिइन् । जुम्लाको पातारासी गाउँपालिका– २ पेरेगाउँमा जन्मिएकी सुनमाया ०७८ मा थाइल्यान्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएकी थिइन् । त्यसवेला उनले ११० किलोमिटर दूरी १४ घन्टा ५४ मिनेट एक सेकेन्डमा पूरा गरेकी थिइन् । 

यसपटक उनले प्रतिस्पर्धा गरेको रेस रातिको समयमा भएको थियो । ‘यसअघिका रेस रात परे पनि निकै कम समयको हुन्थ्यो, तर यसपटक दौड पूरै रातको समयमा सुरु भयो,’ सुनमायाले भनिन्, ‘त्यसवेला र अहिलेको अनुभव फरक लाग्यो, रातको समय भएर होला, यसपटकको दौड निकै कठिन भयो ।’ 

८ किलोमिटरको दूरी बाटो बिराउँदा पहिलो हुने आशा त्यागेको उनले बताइन् । ‘बीचमा बाटो बिर्सिएँ, त्यसवेला पहिलो नै हुन्छ भन्ने विश्वास लागेन,’ उनी भन्छिन्, ‘कम्तीमा तेस्रोसम्म भइन्छ कि भन्ने लाग्थ्यो, तर पहिलो नै भएँ ।’ यसपटकको दौड विगतको भन्दा निकै भिन्न र कठिन रहेको उनले बताइन् । ‘मोबाइल फोन बोक्नुपर्ने, लाइटमा दौडनुपर्ने, सुरु गर्दा निकै गाह्रो थियो,’ उनले भनिन्, ‘कतिको खुट्टा नै भाँचियोे । बत्ती मधुरो हुँदा बाटो नै नदेखिने स्थिति थियो, दुईवटा लाइट बोकेर गएको थिएँ ।’