१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेबाट तीन सय किलो अवैध ब्रोइलर कुखुरा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका ब्रोइलर कुखुरा बाँके प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याइएका तीन सय किलोग्राम ब्रोइलर कुखुरा राप्तीसोनारी गाउँपालिका– ४ कुम्भरस्थित जंगलनजिकबाट बरामद गरेको हो।

कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको तीनवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। भारतबाट अवैध रूपमा कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरू कुखुरा छाडेर भागेका उनले बताए।

बरामद गरिएका कुखुरा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । तस्करले ल्याउँदै गरेका कुखुरा केही मरेका फेला परेको डिएसपी डाँगीले बताए।

भारतीय कुखुरामा बर्डफ्लु देखिएपछि सरकारले विगत एक दशकदेखि भारतीय पक्षी तथा पक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ। रोक लगाए पनि बाँकेका सीमा क्षेत्रबाट भारतीय कुखुरा अवैध रूपमा भित्रिँदै आएका छन् ।

सीमा क्षेत्रका तस्करले भारतीय नाका हुँदै कुखुरा अवैध रूपमा भित्र्याउँदा नेपाली कुखुरापालक किसान मर्कामा छन् । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरू र नेपाल प्रहरीले सक्रियता नदेखाउँदा भारतीय कुखुरा भित्रिने क्रम रोकिएको छैन।