१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २४ आइतबार १५:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उजुरीकर्तासँग छलफल सकियाे, प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ २९ मंसिरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार १५:३४:oo

सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ २९ मंसिरमा हुने भएको छ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल सकिएकाे छ। 

प्रस्तावित न्यायाधीशहरूमध्ये सारंगा सुवेदीविरुद्ध ६ उजुरी, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुल अजिज मुसलमानविरुद्ध एक उजुरी परेको छ। यस्तै, महेश शर्मा पौड्याल, सुनील पोखरेल र बालकृष्ण ढकालको नाममा भने कुनै उजुरी परेको छैन।

उजुरीकर्तासँगको छलफलपछि उनीहरूको सुनुवाइ २९ मंसिरका लागि तय भएको समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्र कार्कीले जानकारी दिए।कार्कीले उजुरीको परीक्षण गर्नका लागि समय राखेर सुनुवाइ हुने बताए।