१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस बागलुङ
२o८१ जेठ २ बुधबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मानव अधिकारका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेका छन् : अध्यक्ष केसी

Read Time : < 1 मिनेट
रासस, बागलुङ
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:११:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तिका लागि नेपाली जनताले लगातार संघर्ष गरिरहेको बताएका छन्।

७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौँदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे।

नागरिकको मानव अधिकारको प्रत्याभूति नभएकै कारण हरेक दिनदिनै नेपाली युवा बिदेसिनुपरेको अध्यक्ष केसीको भनाइ थियो। एउटा नागरिकको गाँस, वास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो  वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनुपरेको चर्चा गर्दै उनले यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौँदेखि लड्दै आएको र अहिले पनि आफूले संसदमा यस विषयमा आवाज उठाइरहेको जानकारी दिए।

‘मानव अधिकारबारे बढी प्रचार गर्नेले नै यसको उल्लंघन गरिरहेका छन्, जसले मानव अधिकारको घोर उल्लंघन गरेको छ, उसैले मानव अधिकारको चर्को कुरा गरिरहेको छ, कुनै पनि नागरिकलाई मानव अधिकार संरक्षण हुन्छ, भन्ने विश्वास नै छैन,’ अध्यक्ष केसीले भने, ‘शक्ति हुनेको ढुंगाे उँभो पल्टन्छ, कमजोरको उँधाे पनि पल्टिँदैन, त्यसले गर्दा जो बलियो छ, उसले मानव अधिकार पाएको छ, निमुखा जनताले भने पाउन सकेका छैनन्।’

मानव अधिकार रक्षाका लागि सरकार र जनता नै लाग्नुपर्नेमा जोड दिँदै उनले वर्षौँदेखि अन्यायमा परेका कैयौँ नागरिकले अहिलेसम्म न्याय पाउन नसकेकाले यसमा सरकार सचेत हुनुपर्नेमा जोड दिए।

ad
ad