
‘सामूहिक अधिकार’ नारासहित ११औँ संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले शनिबार प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको हलमा चलचित्र महोत्सवको उद्घाटन गरे । उद्घाटन समारोहमा गोर्खाली तोक्मा ब्यान्डले सांगीतिक प्रस्तुति पनि दिएको थियो।
महोत्सवको उद्घानमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ देखाइएको थियो । मानव अधिकार चलचित्र केन्द्रले आयोजना महोत्सवको चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।
महोत्सवमा महोत्सवा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको छ । विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिनेछ ।
तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका