१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छ : उपमहासचिव पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३६:oo

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको दाबी गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित पार्टीसम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानि पुग्ने गरी ठूलो आर्थिक चलखेल भएको बताएका हुन्।

सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउन नमिल्ने भन्दै उनले बदमासी पुष्टि हुने आधार सरकारसँग रहेको बताए।

पुनले आफ्ना पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि नउम्कने गरी कारबाही गरिने प्रतिबद्धता जनाए।

‘सञ्चारमाध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप– २८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो। आउनेबित्तिकै सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नेमा सहमत गराउनुभयो। भोलिपल्टै मन्त्रिपरिषदले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ,’ उनले भने, ‘यो तहको राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। सिंगो पार्टी र जनता माफियाकरणविरुद्धको अभियानमा सरकारको साथमा छ।’

पुनले एनसेल प्रकरणमा कर छली गरी राज्यलाई ठगी तथा देशविरुद्धको काम गरिएको प्रथम दृष्टिमै प्रस्ट हुने गरी तथ्यहरू बाहिरिएको दाबीसमेत गरे। वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै उनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियान त्यसको ज्वलन्त उदाहरण भएको बताए।

अघिल्ला प्रकरणमा जस्तै एनसेल प्रकरणमा पनि सरकारले दृढतापूर्वक काम गर्ने र दोषी कारबाहीमा पर्ने उनको भनाइ थियो। पुनले केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा समेत सरकार रहेको जानकारी दिए।

फरक प्रसंगमा उनले मुलुकमा दक्षिणपन्थी हावा चलाउन खोजिएको भन्दै जनताको बलमा इतिहासको डंगुरमा मिल्काइसकिएको राजतन्त्र फर्कने कुनै सपना नदेख्न चेतावनी दिए।

‘निरंकुश राजतन्त्र इतिहासको डंगुरमा मिल्काइएको फोहोरको डंगुर हो। त्यसलाई उठाउन नखोजियोस्,’ उनले भने, ‘गणतन्त्रविरुद्ध लड्न खोज्नु भनेको पहरामा कुहिनो ठोकाउनुसरह हो।’