Skip This
नेपालको सय रन पूरा, पाकिस्तानी बलरविरुद्ध उत्तम र दीपेश संघर्ष गर्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार १३:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको सय रन पूरा, पाकिस्तानी बलरविरुद्ध उत्तम र दीपेश संघर्ष गर्दै

यू-१९ एसिया कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १३:३७:oo

एसिसी अन्डर– १९ एकदिवसीय एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तानविरुद्ध सय रन पूरा गरेको छ । 

३१औँ ओभरमा नेपालले पाँच विकेट गुमाएर सय रन पूरा गरेको हो । ४६ रन बनाउँदा पाँच विकेट गुमाइसकेको नेपाललाई उत्तम मगर र दीपेश कँडेलले सम्हाल्ने प्रयास गरिरहेका छन् । 

उत्तम ५६ बलमा ३५ तथा दीपेश ५० बलमा २६ रन बनाएर खेलिरहेका छन् । यी दुईबीच ५५ रनको साझेदारी बनिसकेको छ । 

पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । तर, पाकिस्तानको यू– १९ टिमका बलर हावी भएपछि नेपाल यू– १९ टिमका मुख्य ब्याटर सस्तैमा आउट भए । 

नेपाली ओपनर अर्जुन कुमाल २१, अर्का ओपनर तिलक भण्डारी सात, मध्यक्रमका आकाश त्रिपाठी ६ र कप्तान देव त्रिपाठी शून्य रनमा पेभेलियन फर्किएपछि नेपाल संकटमा पर्‍याे । 

अझ, यही प्रतियोगिताका लागि भनेर टिममा समावेश गरिएका राष्ट्रिय सिनियर टिमका अलराउन्डर गुल्सन झा एक रनमै बोल्ड भएपछि नेपालको कमर भाँचिएको हो ।