१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं त्रिभुवन विमानस्थल
Invalid date format १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं त्रिभुवन विमानस्थल
नयाँ पत्रिका
Invalid date format १२:५९:oo

भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति बरामद १४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा तथा लोकराज ढुंगाना छन्। बिहीबार राति करिब १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ परेका छन्। 

भन्सार कार्यालयले बरामद गरेको सुन सार्वजनिक गरेको छ। विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको सुन बरामद गरेको भन्सार कार्यालयले जनाएको छ। बरामद सुन दुई–दुई किलोका सातवटा बिस्कुट छन्।