१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १o:५o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोककाे तेम्बाथाङ र गुम्बाथाङको जनजीवन फेरिँदै

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १o:५o:oo

सिन्धुपाल्चोकको सबैभन्दा दुर्गम गाउँ हुन् तेम्बाथाङ र गुम्बाथाङ । यी दुवै गाउँलाई सिन्धुको ‘कर्णाली’ भनेर चिनिन्छ । यथार्थमा यी गाउँ कर्णालीजस्तै विकट थिए । गत वर्षसम्म तेम्बाथाङ पुग्न सदरमुकाम चौताराबाट तीन दिन लाग्थ्यो । अहिले एकै दिनमा पुगिन्छ ।  

८१ वसन्त पार गरेका गुम्बाथाङका स्थानीय गृमे तामाङ आजभाेलि निकै खुसी छन् । किनकि, विकट गाउँमा अहिले मोटर पुग्यो, बिजुलीबत्ती पनि बल्यो । गुम्बाथाङबाट अझै एक दिनको बाटो लाग्ने  तेम्बाथाङका फुर्वा शेर्पाको मन पनि खुसीले गदगद् भएको छ ।

किनकि, घरछेउमा मोटरबाटोको ट्रयाक पुग्यो । चुनावताका बोलेको भाषण वास्तविकतामा परिणत भएपछि मतदाता भेट्दै लेकालीगाउँ पुगेका सिन्धुपाल्चोक प्रतिनिधिसभा- १ का संघीय सांसद माधव सापकोटासँग स्थानीयले सिल्बा नाच प्रदर्शन गरेर  खुसी साटासाट गरे ।

सिल्बा नाच शेर्पा समुदायको पुरानो सांस्कृतिक पहिचान हो । घरमुनि ठडिँदै गरेको बिजुलीको खम्बा देखाउँदै ८५ वर्षीय शेर्पाले गाउँमा बिजुली बल्न लागेकोप्रति सांसदसमक्ष खुसी प्रकट गरे। विकट हिमाली गाउँमा  मोटरबाटो पुग्दा र बिजुली बल्दा यहाँको जनजीवन फेरिएको छ ।

गुम्बाथाङको दुई सय घर, क्याङ्सिङमा ४५ र अम्बाखर्कमा रहेका १० घरमा बिजुलीबत्ती बलेको छ । बिजुलीबत्ती बलेपछि लामो समयसम्म अँध्यारोमा रहेको जीवन उज्यालोमा परिणत भएको स्थानीय कान्छा तामाङले बताए । मोटरबाटो र बिजुली पुर्‍याउन धेरैपटक पहलकदमी लिएका सांसद सापकोटालाई गुम्बावासीले अभिनन्दन पनि गरे।

गुम्बाथाङमा विद्युतीकण गर्न ६३ लाख ७५ हजार

बिजुलीबत्ती उद्घाटनमा पुगेका नेपाल विद्युत् प्राधिकरण लामोसाँघु वितरण शाखाका प्रमुख दीपक सापकोटाले धेरै ठूलो जोखिम मोलेर बिजुलीबत्ती पुर्‍याएको बताए । सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पटकपटक दुर्गम बस्तीको दुःखद जनजीवनबारे स्पस्ट बुझाउन सकेकोले बजेट विनियोजन भएको उनले बताए । गुम्बाथाङमा विद्युतीकण गर्न ६३ लाख ७५ हजार लागेको उनकाे भनाइ छ।

तेम्बाथाङमा बिजुली पुर्‍याउन तीन करोड ५३ लाख विनियोजन

यसैगरी तेम्बाथाङमा बिजुली पुर्‍याउन तीन करोड ५३ लाख विनियोजन भएको र ५० प्रतिशत काम सम्पन्न भएको छ । सकेसम्म आगामी बर्खाअघि तेम्बाथाङमा बिजुलीबत्ती बाल्ने योजना रहेको छ । ‘प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षमा विकट बस्तीमा बिजुलीबत्ती बाल्न सकेकोमा मलाई खुसी लागेको छ,’ सांसद सापकोटाले भने, ‘बाँकी चार वर्ष पनि काम गरेर बिताउँछु ।’ बिजुलीबत्ती पुग्नुअघि तेम्बाथाङ आधारभूत विद्यालयलाई माओवादी केन्द्रका जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजूले सोलार पावरको व्यवस्थापन गर्ने भएका छन् ।

मोटरबाटो र बिजुलीबत्तीले जनजीवन सहज

विकट हिमाली बस्तीमा मोटरबाटो पुगेसँगै दैनिकीमा फेरबदल आएको छ । खाद्य सामग्री र गाउँमा उत्पादित तरकारी र जडीबुटी ओसारपसारमा सहज भएको छ । गुम्बाथाङबाट एकै दिनमा राजधानी काठमाडौं पुग्न सकिन्छ । बिहान सदरमुकाम चौतारा पुगेर अड्डाअदालतको काम फत्ते गरी बेलुका घर फर्कन सकिने भएको छ ।

बिजुलीबत्तीले बस्ती नै उज्यालो भएको छ । विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरिएको छ । दूरसञ्चारको टावर नियमित चल्दा स्थानीयले मोबाइल प्रयोग सहजै गर्न पाएका छन् । ब्रह्मायणी नदीको किनारैकिनार खनेको मोटरबाटोको नयाँ ट्रयाकले तेम्बाथाङ छोएकोले हाललाई सवारीसाधन नचले पनि पैदलयात्रा सहज बनेको छ ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले विकट गाउँको दुःखलाई मध्यनजर गरेर शिक्षा र स्वास्थमा बढी बजेट विनियोजन गरेका छन् । चौँरी गोठमा बस्ने बालबालिकालाई लक्षित गरेर नियमित कक्षाको व्यवस्था मिलाएका छन् । बिजुलीको पहुँच पुगेपछि विद्यालयमा कम्प्युटर कक्षा चलाएका  छन् । 

दुवै गाउँ छुट्टै राज्यजस्तो
गुम्बाथाङ, तेम्बाथाङ र आसपासका क्याङ्सिङ, दिपु, तेगा र साङ्लुङ गाउँको जग्गाजमिन सबै गुठीको हो । लगभग चार सय घरपरिवारले उपभोग गरिरहेको जग्गाजमिन गोरखनाथ गुठी केवालुङ घ्याङ गुम्बाको नाममा छ । एक परिवारले जम्मा २० रोपनी मात्रै जमिन राख्न पाउँछ  । जग्गाजमिनको तिरो सोही गुठीलाई तिर्नुपर्छ । रसिदमा चामल र जाँड लेखिएको हुन्छ । तर, स्थानीयले ३५ सयसम्म तिरो तिर्नुपर्छ । जग्गा बेचबिखन र धरौटीमा राख्न मिल्दैन ।