१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १८:१३:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

तलब माग्दै १३ दिनदेखि आन्दोलित शिक्षक विद्यालय फर्किए

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १८:१३:oo

१३ दिनदेखि तलबभत्ता माग गर्दै आन्दोलित सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक- शिक्षिका विद्यालय फर्किएका छन्। नगरप्रमुख विनोदकुमार साहसँग पालिकामा प्रशासकीय प्रमुख आउनेबित्तिकै तलबभत्ता दिने सहमति भएपछि शिक्षक-शिक्षिका विद्यालय फर्किएका हुन्।

नगरका १६ वटै विद्यालयका शिक्षक-शिक्षिकाहरू लामो समयदेखि तलबभत्ता नपाएको भन्दै पालिकामै धर्नामा बसेका थिए। सहमतिसँगै विद्यालयमा पठनपाठन सुचारु भएको छ।

शिक्षक-शिक्षिकाहरू धर्नामा बसेपछि नगरका पाँच हजार बढी विद्यार्थी पठनपाठनबाट वञ्चित भएका थिए। गत मंसिर ६ गतेबाट धर्नामा बसेका शिक्षक-शिक्षिकाहरूसँगको वार्तामा सहमति भएको मेयर साहले जानकारी दिए। प्रशासकीय प्रमुख नभएका कारण यस आर्थिक वर्षमा पालिकाको नगर सभासमेत अलपत्र परेको छ भने आर्थिक कारोबार ठप्प छ।
नगर प्रमुख साहले प्रशासकीय प्रमुख आएलगत्तै शिक्षकहरूको तलबभत्ता व्यवस्थापन गराउने प्रतिबद्धता गरेका र शिक्षा शाखा प्रमुखले विद्यालय सञ्चालनको लागि आग्रह गरेकाले तत्कालका लागि धर्ना स्थगित गरी मंगलबारदेखि विद्यालय सञ्चालन गरिएको केश्वरगरिब जनता माध्यमिक विद्यालयका शिक्षक पवनकुमार झाले जानकारी दिए।

कक्षा १० का विद्यार्थीको एसइईका लागि परीक्षा फारम र कक्षा ११ का विद्यार्थीहरुको रजिस्ट्रेसन फाराम भर्नुपर्ने भएकाले समेत विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ। ‘हामीले आफ्नो अधिकारका लागि विद्यार्थीको भविष्य बिगार्न मिल्दैन,’ उनले भने, ‘त्यसैले तत्कालका लागि मेयरको प्रतिबद्धता र बालबालिकाको भविष्य सम्झिएर विद्यालय सञ्चालन गरेका हौँ।’

हरिपूर्वा नगरपालिका विगत ८ महिनादेखि प्रशासकीय प्रमुखविहीन बनेको छ।  प्रशासकीय प्रमुख नहुँदा पालिकाले चालू आर्थिक वर्षका लागि नीति, योजना तथा बजेटसमेत ल्याउन सकेको छैन। लगातार पालिकामा भएको विवादका कारण विकास निर्माणका कार्यसमेत अलपत्र छन्। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीसमेतले यस आर्थिक वर्षको सुरक्षा भत्ता अहिलेसम्म पाएका छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर ८ गते वासुदेव खनाललाई यस पालिकामा प्रशासकीय प्रमुखका रूपमा खटाएको भए पनि उनी आउने टुंगो लागेको छैन। नगरले प्रशासकीय प्रमुख पाउने विषय भने अझै अन्योलमै छ।